News Summary
Generated by OK AI. Editorially reviewed.- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ।
- तथ्यांकमा ज्येष्ठ नागरिक २०८३ प्रतिवेदन अनुसार कूल ज्येष्ठ नागरिकमध्ये ७२.६ प्रतिशत नागरिक कृषि क्षेत्रमा सक्रिय रहेका छन्।
- प्रतिवेदनमा ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसायमा संलग्न रहेको र १७ प्रतिशत नागरिक पारिवारिक सहयोगीका रूपमा रहेको उल्लेख गरिएको छ।
३ साउन, काठमाडौं । ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रकाशन गरेको छ । जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थितिजन्य विवरण समावेश छ ।
प्रस्तुत विवरण अनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना रहेका छन् । यसमध्ये ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसायमा वा कामदार छन् । १३.४ प्रतिशत ज्येष्ठ नागरिक रोजगार छन् भने ०.८ प्रतिशत रोजगारदाताको रुपमा रहेका छन् । १७ प्रतिशत ज्येष्ठ नागरिक परिवारको सहयोगीको रुपमा छन् ।
स्व-व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रुपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक छ । प्रस्तुत विवरणअनुसार ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय छन् । २७ प्रतिशत ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन् ।
हेर्नुहोस् तालिका :

प्रतिक्रिया 4