+
+

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते ८:४५

११ पुस, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि लिलामी बिक्रीका लागि आवेदन खुलेको हो ।

इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्तीमा प्रतिकित्ता ३२५ रुपैयाँ तोकेर निवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ । अधिक मूल्य दिएका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ । आवेदन दिने अन्तिम दिन पुस १९ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?