+
+

यू-१९ राष्ट्रिय बास्केटबल : गोल्डेनगेट र बूढानीलकण्ठ च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते ९:०२

११ पुस, काठमाडौं । गोल्डेनगेट कलेज र बूढानीलकण्ठ बास्केटबल क्लबले समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

गोल्डेनगेट पुरुषतर्फ र बूढानीलकण्ठ महिलातर्फ च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ पुरुषतर्फ पनि फाइनल पुगेपनि पराजित भयो ।

राखेपको कभर्डहलमा भएको पुरुषतर्फको फाइनलमा गोल्डेनगेटले बूढानीलकण्ठलाई १००-८८ ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले तीन क्वाटरमा (२५-१९, २१-२७, २५-२३, २९-१९ )अग्रता कायम राख्दै जितेको हो ।

यस्तै महिलातर्फ बूढानीलकणठले आईएसए नेपाललाई २८-१८ ले पराजित गर्‍यो ।

पहिलो क्वाटरमा आईएसएले ५-४ को अग्रता लिएको थियो । तर त्यसपछिका तीन क्वाटरले १०-५, ८-३ र ६-५ ले आफ्नो पक्षमा पार्दै बूढानीलकण्डले खेल जितेको हो ।

बूढानीलकण्ठलाई जिताउन रिन्चेन मोक्तान एक्लैले सर्वाधिक १९ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गरे ।

यस्तै गोल्डेनगेटका नुकेश मगर र बूढानीलकण्ठकी रिन्चेन प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए ।  दुवै जनाले समान पाँच हजार रुपैयाँ प्राप्त गरे ।

समृद्धि स्कुलसँगको सहकार्यमा नेपाल बास्केटबल संघ (नेबा) ले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?