 
																			११ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ ।
भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटमा तरुण दलले अस्थायी टहरा बनाएको हो । भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा तरुण दलले अस्थायी आवास बनाएको हो ।
अस्थायी आवास निर्माणका लागि तरुण दलका नेता कार्यकर्ता ९ दिन देखि खटिएका थिए । अस्थायी आवास निर्माणका लागि ५० जना भन्दा बढी तरुण दलका नेता कार्यकर्ता खटिएको तरुण दलले जनाएको छ ।
अस्थायी आवास बनाउनका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको तरुण दलका नेता अशोक झाले जानकारी दिए । निर्माण कार्यमा आवश्यक औजारका लागि तरुण दलले निर्माण व्यवसायी महासंघसँग समन्वय गरेको थियो ।
कांग्रेसले दक्ष जनशक्ति सहित निर्माणका लागि समूह समूहमा नेता कार्यकर्ता खटाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4