+
+

प्रकाश सपुतको ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा धेरै हेरिने नेपाली गीत, कुन-कुन छन् सूचीमा ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १६:०५

काठमाडौं । प्रकाश सपुतको गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई वर्षको अन्त्यसम्म ५ करोड ४७ लाख पटक हेरिएको छ ।

सपुत जोडिएका चार गीतलाई करोडभन्दा बढी पटक हेरिएको छ । सूचीमा प्रकाश सपुत र शान्तिश्रीको दबदबा देखिन्छ । सपुत र शान्तिश्री परियारको अर्को गीत ‘अरेली काँडाले’ यस वर्ष दोस्रो धेरै पटक हेरिएको गीत बनेको छ । यो गीतलाई युट्युबमा ४ करोड ६९ लाख पटक हेरिएको छ ।

स्वप्न सुमन र समीर श्रेष्ठको गीत ‘जे छौ तिमी’लाई ४ करोड २२ लाख पटक युट्युबमा हेरिएको छ । सुशान्त केसीको गीत ‘सारंगी’लाई ३ करोड ६६ लाख पटक हेरिएको छ । यस्तै फिल्म ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’लाई ३ करोड ८३ लाख पटक हेरिएको छ । यही फिल्मको अर्को गीत ‘सिरुपाते जुंगामा’लाई १ करोड २१ लाख पटक हेरिएको छ ।

सुजन चापागाईंको ‘फूलथुंगे रानी’लाई २ करोड ८१ लाख पटक हेरिएको छ । ओसिस थापाको ‘भिखारी’लाई २ करोड ७५ लाख पटक र  प्रकाश दूतराजको ‘रिमै’लाई २ करोड ४२ लाख पटक हेरिएको छ । फिल्म ‘ऐंचोपैंचो’मा समावेश आशिष अविरलद्वारा संगीतबद्ध ‘काले केटाले’लाई २ करोड १३ लाख पटक हेरिएको छ ।

एक करोडभन्दा बढी हेरिएका गीतको सूची लामो छ । खेम सेन्चुरी र प्रकाश सपुतको तीज गीत ‘कमाउने नि हो, रमाउने नि हो’लाई यस वर्षको अन्त्यसम्म १ करोड ९६ लाख पटक हेरिएको छ ।

विमल परियार, शान्तिश्री परियार र प्रकाश सपुतको गीत ‘कहाँको साइनो’लाई १ करोड ८३ लाख पटक हेरिएको छ । प्रकाश सपुतको ‘दमाई महाराज’लाई १ करोड २१ लाख, सज्जनराज वैद्यको ‘हत्तेरी’लाई १ करोड ५९ लाख, हरिवंश आचार्यको ‘काउली’लाई १ करोड ५९ लाख पटक हेरिएको छ ।

यशकुमारको ‘सुस्तरी सुस्तरी’लाई १ करोड १४ लाख, भीम बीसीको ‘चस्मा लगाउली’लाई १ करोड ३९ लाख, हेमन्त शर्मा र अस्मिता अधिकारीको ‘उता परेली झिमझिम भो’लाई १ करोड ३५ लाख, फिल्म ‘जारी’मा समावेश गीत ‘चरी बस्यो’लाई १ करोड ४४ लाख, उर्गेन दोङ र अनु चौधरीको ‘सैया’लाई १ करोड ५८ लाख, जोन चाम्लिङ राईको ‘हावाजस्तै’लाई १ करोड २७ लाख पटक हेरिएको छ ।

गीतको यो सूचीले नेपाली दर्शकको सांगीतिक स्वादको संकेत दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?