+
+

जीवन र राजबल्लभलाई फ्यानको दु:खेसो : राम्रा कलाकार धेरै बाहिरै भए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १६:४६

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले बुधबार फेसबुकमा एउटा रोचक तस्वीर सेयर गरे । यो फोटोमा उनी अर्का अभिनेता जीवन लुइँटेलसँग देखिएका छन् ।

अमेरिकाको वासिङ्टन मोनुमेन्ट परिसरमा खिचिएको यो तस्वीर हेरेर फ्यान ‘नोस्टाल्जिक’ बनेका छन् । यो ‘क्यान्डिड’ तस्वीरमा यी दुई अभिनेता प्रफुल्ल मुडमा देखिन्छन् । यो फोटोले यी दुई अभिनेताको बदलिंदो आभा र ढल्कँदो उमेरलाई पनि दर्शाउँछ ।

राजबल्लभ तस्वीरमा लेख्छन्, ‘मेरा मित्र तथा तपाईंको प्रिय नायक जीवन लुइँटेलसँग आज अप्रत्यासित तर मीठो भेट भो । सबैलाई माया एवं सम्झना ।’ तस्वीरमा यी दुईले विन्टर लुक्ससहित लामो कालो कोट लगाएका छन् ।

यी दुई अभिनेता पछिल्लो समय अमेरिकामा सपरिवार बस्दै आएका छन् । त्यसयता यी दुईजना फिल्मबाट टाढिए । जीवनको पछिल्लो फिल्म ‘सुकुल गुण्डा’ २०१८ मा रिलिज भएको थियो । राजबल्लभको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा प्रदर्शन भएको थियो ।

कोइरालाले एक फिल्म ‘क्यामिनो’ साइन गरेका थिए तर फिल्म बन्ने टुंगो नलागेपछि उनले प्रोजेक्टबाट अलग रहेको घोषणा गरे । ‘हाइवे टु धम्पुस’पछि राजबल्लभ अमेरिकातिर लागेका थिए ।

राजबल्लभको उक्त पोस्टरमा फ्यानले प्रतिक्रिया जनाएका छन् । धेरैले फिल्ममा कमब्याक गर्न आग्रह गरिरहेका छन् भने फोटोमा भए पनि दुई अभिनेतालाई एकसाथ हेर्न पाउँदा खुसी जनाएका छन् । केही कमेन्टमा राम्रा कलाकारजति सबै बाहिर भन्दै दुःखेसो पोखेका छन् ।

जीवन र राजबल्लभले कसम हजुरको, छोडी गए पाप लाग्ला फिल्ममा सँगै काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?