+
+

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १९:२४

११ पुस, काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गर्ल्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६–३७ ले पराजित गर्‍यो । हेम्सका हेमन्त राजवंशीले २६ अंक जोडे । सनसाइन तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२–११ को साँघुरोअन्तरले हरायो । इनोभेटिभकी रिद्धि घर्ती मगरले ६ स्कोर गरिन् । श्रृजनशील तेश्रो स्थानमा रह्यो ।

जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९–१४ को सहज जित दर्ता गर्‍यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुले । चैतन्य संस्कार तेश्रो बन्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय हेमन्त, रिद्धि र अनमोल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गल्र्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थनमा रहे ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस ६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी ५० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । खेलहरु शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्सको कोर्टमा खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?