+
+

बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा छौं : प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १४:३४

१२ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति प्राधिकरणको रहेको स्पष्ट पारेको छ ।

डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिएका छन् ।

आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा बसेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी उपयोग गरेको समेत प्राधिकरणले दाबी गरेको छ ।

२३९ ग्राहकमध्ये १७८ ग्राहकले प्रिमियमसहितको विद्युत् महसुल समयमै बुझाएर भुक्तानी गरिसकेको समेत प्राधिकरणले बताएको छ ।

प्राधिकरणले २०७६ सालमै केही उद्योगको लाइन काट्न सुरु गरेको भन्दै कोभिड–१९ महामारीका कारण यो रोकिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?