+
+

त्रिविमा श्रम विषयमा एमए पढ्न चाहनेले २४ पुससम्म भर्ना हुनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १४:५२

१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायले स्नातकोत्तर तहमा श्रम अध्ययनको भर्ना २४ पुससम्म बढाएको छ ।

संकायले समाज, श्रम बजारप्रतिको बुझाईलाई गहिरो र फराकिलो ज्ञान भएको आवश्यक जनशक्ति उत्पादनको लागि श्रम अध्ययन सुरु गरेको जनाएको छ ।

संकायको अनुसार सेमेष्टर प्रणालीमा आधारित श्रम अध्ययन विषयको पाठ्यक्रम विद्यार्थीलाई विभिन्न क्षेत्रहरुमा अर्थपूर्ण, आकर्षक र सम्मान जनक भविष्य निर्माण गर्न मद्धत पुग्ने किसिमले विकास गरिएको छ ।

जुनसुकै विषयमा स्नातक गरेको विद्यार्थीले भर्ना आवेदन दिनसक्नेछन् ।

स्नातक तहको नतिजा ढिला आएकोले समयावधि थप गरिएको एमए इन लेवर स्टडिजकी संयोजक डा.कमलादेवी लामिछानेले बताइन् । विद्यार्थीको प्रवेश परीक्षा २७ पुस, दिउँसो १ बजे हुनेछ ।

डीनको कार्यालयले यस अघि २५ मंसिरसम्म भर्ना आवेदन समयावधि तोकेको थियो । संकायले स्नातकोत्तर तहमा सञ्चालित सबै कार्यक्रमको भर्ना आवेदनको समयावधि थप गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?