+
+

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

नयाँ महामन्त्रीमा पारस मनोनीति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते ९:४५

१४ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् ।

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।

जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् ।

श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?