+
+

३४ हजार सदर मतमा रास्वपा उम्मेदवार लिम्बुलाई १९४५

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १४:५३

१७ वैशाख, काठमाडौं । इलाम–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् ।

३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् ।

रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८,२८५ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,९१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले पहिलो नम्बरमा छन् । उनले १३,९०० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?