+
+

ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १३:०१

१४ पुस, काठमाडौं । सरकारले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङपछि ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘शनिबार साँझसम्ममा यो पत्र जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पनि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका थिए ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । शुक्रबार नै प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?