+
+

स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी नचाहिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १४:१६

१५ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिलाई आकस्मिक सेवा चाहिएमा रेफर पुर्जी नचाहिने व्यवस्था गरेको छ ।

शुक्रबार बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा (रेफर) सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ । उक्त कार्यविधिमा आकस्मिक सेवा लिनुपर्ने व्यक्तिका लागि प्रथम सेवा विन्दुबाट रेफर पुर्जी आवश्यक पर्ने छैन ।

नयाँ कार्यविधि अनुसार अब स्वास्थ्य बीमा गरेको व्यक्तिलाई प्रथम सेवाविन्दुले रेफर गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ । यस्तै एउटा रोगको लागि गरिएको रेफरले सोही रोगको पुनःजाँचका लागि पनि काम गर्ने कार्यविधिमा व्यवस्था छ ।

सेवाग्राहीलाई रेफर गर्दा त्यस अस्पतालमा सेवा उपलव्ध भएको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

यस्तै स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पनि पुनरावलोकन हुने भएको  छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले बीमाको रकमले पाउने औषधिको मूल्य तथा सेवा हरेक तीन तीन वर्षमा मूल्य समायोजन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।

सुविधा थैलीमा औषधि र सेवाको मूल्यको पुनरावलोक कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै अहिले सञ्चालनमा रहेको स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउन अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेस गर्न बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?