+
+

काठमाडौंको लागि प्रशिक्षक सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १६:५९

१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् ।

बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र काठमाडौंको लागि (साविकको शैक्षिक तालिम केन्द्र) एक जना प्रशिक्षक पदको लागि २८ मंसिरमा आवेदन माग गरिएको थियो ।

माग भए बमोजिम आवेदन दिएका सात जना उम्मेदवारको शैक्षिक योग्यता, कार्यरत अनुभव, भौगोलिकताको अंक र सनिबार महानगरको शिक्षा विभागमा लिइएको अन्तर्वार्ता समेतको कुल अंकको आधारमा नतिजा सार्वजनिक गरिएको महानगर शिक्षा विभाग प्रमुख तथा छनोट समितिका संयोजक सीताराम कोइरालाले जानकारी दिए ।

प्रशिक्षक छनोट तथा सिफारिस समितिले बागमती प्रदेश, शिक्षा तालिम केन्द्र, धुलिखेल काभ्रपञ्चोकमा सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?