+
+

बालकुमारी घटनाको विरोधमा धनगढीमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १७:४५

१५ पुस, धनगढी । ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको छ । मृतकका आफन्तले आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो । अछामका शाहका आफन्त पनि आइतबार धनगढीको प्रदर्शनमा सहभागी थिए ।

धनगढी चौराहादेखि निकालिएको विरोध र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका र अनुत्तीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?