+
+

धनगढीमा कक्षा ८ को नतिजामा सुधार, सामुदायिक विद्यालयका ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १०:३३

३० चैत, धनगढी । धनगढीमा कक्षा ८ को परीक्षाको वार्षिक परीक्षामा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षाको नतिजामा पोहोरभन्दा नतिजा सुधार भएको हो ।

अघिल्लो शैक्षिक वर्षमा ९ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएको थिए । त्यतिबेला १७ विद्यालयको नतिजा शून्य आएको थियो ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले सामुदायिक विद्यालयको नतिजालाई सन्तोषजनक मान्न सकिने बताएका छन् ।

उनकाअनुसार यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । उनीहरू मध्ये एक हजार ९० जना पहिलो चरणको परीक्षामा सफल भएका हुन् ।

उपमहानगरपालिकाले गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित गरिएकाले नतिजामा सुधार भएको जनाएको छ । सामुदायिक विद्यालयले समेत याे वर्ष विद्यार्थी उत्तीर्ण प्रतिशत बृद्धि गरेका छन् ।

महाशाखा प्रमुख खातिकाअनुसार अहिले विद्यालयले उत्तीर्ण प्रतिशत बढाएर ७ देखि ६५ प्रतिशतसम्म पुगाएका छन् ।

धनगढी उपमहानगरपालिका-१६ को बेहडाबाबा माध्यमिक विद्यालयका ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  ७६ जनाले पहिलो चरणमा परीक्षा दिएकोमा ५० जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्ष नतिजामा शून्य भएका विद्यालयहरूले समेत यो वर्ष आफ्नो नतिजामा सुधार ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?