+
+

सरकारले रंगभेदी विभेद गर्‍यो : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १६:३८

१६ पुस, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् ।

सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए ।

उनले भने, ‘ यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो । अर्को कुनै मन्त्री समातेर देखाओस्। संयमता लिएको हो, उहाँहरुको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो । आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ ?’

उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए ।

‘सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आम जनतालाई कस्तो स्वतन्त्रता होला । समितिमा पनि प्रश्न उठ्छ,’ उनले भने, ‘मान्य मन्त्रीज्युलाई र सांसदहरुलाई जतिबेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ ? त्यो प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रश्ताव लग्छौँ ।’

उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिए ।

उनले भने, ‘ यहाँ कतिसम्म विभेद छ भने कोही जे बोल्दा पनि पक्राउ नपर्ने, मधेस मुलकी महिला मन्त्री बन्दा प्रहरी र नेपाल सरकारको मानसिकता कस्तो छ भने जतिबेला पनि समात्न पायो भनेर देखिन्छ । नभए कुनै राष्ट्रिय अध्यक्षलाई समातेर देखाउन् त, सकिँदैन नि ।’

सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ ? भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?