+
+

देश टाइटानिक जस्तै डुबिराखेको छ : सिके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १५:४३

१६ कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको बताएका छन् । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।

‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु-यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’ उनले भने । देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको उनको टिप्पणी छ ।

‘जसले विदेशी इन्सुरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरु आफूलाई बोट (डुङ्गा) जोगाइराखेका छन् । कर्मचारी र नेताहरुले बोट सुरक्षित राखिसकेका छन्, जनता डुब्ने तरखरमा छन् । तपाईंहरु कसरी बच्नुहुन्छ आफ्नो जोहो आफैँ गर्नुस्’ अध्यक्ष राउतले भने ।

देउवा, ओली र प्रचण्डको हातमा सार्वभौम सत्ता !

जनमत पार्टीका अध्यक्ष राउतले संसदको सार्वभौम सत्ता जनप्रतिनिधिहरुमा नभइ प्रमुख तीन पार्टीका तीन नेताको हातमा रहेको पनि टिप्पणी गरे ।

संसदमा कसले के उठायो र कसले के विषय ल्यायो भन्ने विषयले कुनै अर्थ नराख्ने उनको भनाइ छ । ‘यहाँ राखिएका कुनै पनि कुरा वा तपाईंहरुले हालेको कुन संशोधन पारित भयो ?’ उनले सांसदलाई भने ।

‘के पारित हुने ? के के पारित हुने हो ? कुन विधेयक पारित हुने हो ? कुन कुरा निर्णय हुने हो त्यो एउटा अँध्यारो कोठामा तीन जना नेताले बसेर निर्णय गर्छन्। त्यो तीन जना नेताहरु सार्वभौम सम्पन्न भए कि यो संसद सार्वभौमसत्ता सम्पन्न भयो ?’ अध्यक्ष राउतको प्रश्न छ । यसखाले व्यवहारका कारण संसदीय कामकारबाहीप्रति प्रश्न उठ्ने गरेको उनले बताए ।

आरती शाह प्रकरणको विषय संसदमा निरन्तर उठेको तर सुनुवाइ नभएको उनले बताए । बजेट बनाउन क्रममा एक महिना लामोा छलफल भएको तर अपवाद बाहेक केही संशोधन नभएको स्मरण गरे ।

एउटा जनप्रतिनि आवाज उठाएका कारण पक्राउ परेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘कहाँ छ लोकतन्त्र ? प्रतिशोध साधिन्छ अनि लोकतन्त्रको कुरा गर्छौं ।’

आफू लोकतन्त्र र गणतन्त्रको हिमायती भएको उल्लेख अगर्दै उनले अहिलेकै झैँ गरी संसद चले यस सम्बन्धमा प्रश्न उठ्न सक्ने बताए ।

माधव नेपाल र वर्षमानलाई प्रश्न : संसद कक्षाकोठा हो ?

अध्यक्ष राउतले जनताको आवाज नसुन्ने तर लामो भाषण गर्ने प्रवृति गलत रहेको बताए । नेताहरुले कुन किताब पढेको र किताबमा के छ भनी संसदमा सुनाएको भन्दै उनले प्रश्न गरे, ‘यो किताब पढ्यौं त्यो किताव बढ्यौं यो कक्षा कोठा हो र यो ? यो रंगमञ्च हो ?’

संसदमा सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादीका महासचिव वर्षमानले बिभिन्न पुस्तक पढेको भनी संसदमा त्यसबारे चर्चा गरेका थिए । जवाफमा अध्यक्ष राउतले कुन नेताले कुन पुस्तक पढे भनेर सुनाउने थलो संसद नभएको र जनताको वाज सुनाउने र सुनिने थलो संसद हुनुपर्ने बताए ।

साथै उनले ठूला पार्टीहरुले चाडपर्वको अवसरमा चियापानमा बोलाएको र सार्वजनिक रुपमा नयाँ सक्तिलाई सिध्याउने अभिव्यक्ति दिएको भनी असन्तुष्टि जनाए ।

‘जो … हुन्छ उसैको ठूलो स्वर ? ३४ वर्षम देशलाई कहाँ पुर्यायौं ? सोच्नुपर्दैन ?’ ठूला दललाई उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?