+
+

फिल्म ‘दयारानी’को गीतमा दयाहाङ र दीयाको अव्यक्त प्रेम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते २०:३१

काठमाडौं । अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को गीत ‘चोरी चोरी’ रिलिज भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।

मनोज थापाको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा संगीतकार समेत रहेका थापा र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । माघ २६ गतेदेखि यो फिल्म नेपालसहित विदेशमा समेत प्रदर्शन हुँदैछ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङको अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?