+
+

नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १८:११

१७ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् ।

उनी अमरगढी नगरपालिका–४ डडेल्धुराका स्थानीय हुन् । सोमबार बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको बैठकले ऐरलाई ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।

विद्युत् क्षेत्रमा विशेषता हासिल गरेका गैर सरकारी व्यक्तिहरुमध्येबाट ऐरलाई नियुक्त गरिएको छ ।

सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?