+
+

जिससमा १२ भन्दा बढी कर्मचारी राख्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:१६

१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ ।

मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्र्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको संगठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो ।

संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखको सचिवालयमा खरिदार सरहका एक जना करारमा राख्न पाइने मन्त्रालयले जनाएको छ ।

जिल्ला समन्वयमा कुन पदका कति कर्मचारी, हेर्नुस पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?