+
+

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १८:०९

१६ वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो ।

विशेष अदालतले उनको स्वास्थ्यस्थिती, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो ।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर अर्थात २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?