+
+
Shares

माथिल्लो त्रिशूली– १ मा आज थप ११ वटा शव फेला

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आज जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा थप ११ वटा शव फेला परेका छन् ।
  • नेपाली सेनाले ती शवहरू उद्धार गरेर बाहिर निकालेको जनाएको छ ।
  • गत १० भदौमा रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ ।

३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ ।

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।

उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।

उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?