+
+

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण तयारीबारे परराष्ट्रमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:३५

१७ पुस, काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् ।

संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।

छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए ।

भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिए ।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाइ रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौड्याल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?