+
+

जापानको हानेदा विमानस्थलमा उडान स्थगित, यात्रुका लागि थप बुलेट ट्रेनको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते ८:०३

१८ पुस, काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ ।

मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो ।

यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएका जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ । यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन् ।

यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ ।

उडान स्थगित हुँदा प्रभावित भएका यात्रुहरुको सुविधाका लागि सेन्ट्रल जापान रेलवे कम्पनीले बुधबारका लागि थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । कम्पनीले टोक्योदेखि शिन-ओसाकासम्मका लागि थप चार वटा बुलेट ट्रेन सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?