+
+
Shares

प्रहरीले हस्तक्षेप गरेको भन्दै अध्यागमनका कर्मचारीले जनाए असन्तुष्टि

बुधबार केहीबेर सेवा अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते २०:२२

१८ पुस, काठमाडौं । अध्यागमको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोकेका छन् ।

असन्तुष्टि लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरु गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान नै डिले हुने गरी उहाँहरु आउनु भएको होइन ।’

तामाङका अनुसार, कर्मचारीहरुले अध्यागमनको नाममा धेरै निकायका कर्मचारीले आएर कागजात लिने र दोषजति सबै अध्यागमनका कर्मचारीलाई लगाउने प्रवृत्ति देखिएको भन्दै गुनासो गरेका छन् । कर्मचारीहरुले महानिर्देशक तामाङलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा उनीहरुले भिजिट भिसाको नाममा अध्यामगन अधिकृतको मात्रै जिम्मेवारी हो भन्ने अवस्था सिर्जना भएको भन्दै भनेका छन्, ‘नियमानुसार भिजिट भिसामा प्रस्थान अनुमति दिइ व्यक्तिको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारको सुनिश्चितता स्वरुप प्रस्थान अनुमति दिने कार्य गर्दा अध्यागमन अधिकृत मानव तस्करी हो भन्ने निष्कर्ष निकाल्ने हो भने यसलाई रोक्नत दारुकता मन्त्रालय तथा विभागले हालसम्म किन नगरेको हो ?’

उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय चलाएको अपरेशनमा विभागका अधिकृतहरु पनि समेत छानबिनमा परेका थिए । एक जना पक्राउ परेका थिए भने एक फरार छन् । त्यहीबीच भन्सारका कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।

ज्ञापन पत्रमा यात्रुको राहदानी र भिसाको चेकजाँच गर्ने कानूनी अधिकार अध्यागमन अधिकृतलाई मात्र भएको अवस्थामा नेपाल प्रहरीबाट विमानस्थलको मुख्यद्वारमा समय समयमा कहिले मानव बेचबिखन ब्यूरोको नाममा त कहिले अन्य युनिटबाट समानान्तर प्रकृतिको अध्यागमनको झल्को दिने गरी सेवाग्राहीलई सोही विन्दुबाट फिर्ता पठाउँदा अध्यागमन बदनाम हुने गरेको पनि भनिएको छ ।

‘.. त्यस्ता गैरकानूनी क्रियाकलाप तत्काल अन्त्य गरियोस्, र यसअघि भएका उक्त गतिविधिको छानबिन गरियोस्’, ज्ञापन पत्रमा भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?