+
+

नासाले बीटीएसका तीन गीतलाई ‘चन्द्रमा मिसन’मा बजाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १२:१३

काठमाडौं । के-पप ब्याण्ड बीटीएसको लोकप्रियता अझै बढ्नेवाला छ । यो ब्वाइ-ब्याण्डले अर्को एक कीर्तिमान रचेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाले सन् २०२४ को ‘मुन मिसन’का लागि बीटीएसका तीन गीत छनोट गरेको छ ।

यी तीन गीतमा आरएमको सोलो गीत ‘मुन चाइल्ड’ पनि एक हो, जसको गीत चन्द्रमामा प्रक्षेपण गरिने यानमा बजाइनेछ । यसरी गीत बजाइने उनी के–पपका एक्ला गायक बनेका छन् जसको सोलो गीत यही मिसनमा बजाइनेछ । संगीत उद्योगमा यो उनको महत्वपूर्ण उपलब्धि हो ।

नासाले उक्त गीतलाई अन्तरिक्षमा चन्द्रमा मिसनको क्रममा बजाउनेछ । नासाले एपोलो ११ को ५० औं वर्षगाँठमा आगामी मुन मिसन थाल्दैछ ।

यो प्ले–लिस्टमा बीटीएसको अर्को हिट गीत ‘मिक्रोकसमस’ र ‘१३४३४०’ पनि सामेल छन् । आफ्नो चन्द्रमा मिसनको तयारीमा रहेको नासाले लामो यात्रामा बजाउने विशेष प्लेलिस्ट ‘मुन ट्युन्स’ तयार गरेको छ ।

गायक आरएम र बीटीएससँग नासा जोडिने खबर पाएपछि फ्यानले यो लोकप्रिय दक्षिण कोरियाली ब्याण्डलाई बधाई दिएका छन् । उनीहरुले आफूलाई ब्याण्डप्रति गर्व रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?