+
+

जनकपुरधामबाट अयोध्या पठाइयो कोसेली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १४:२९

१९ पुस, धनुषा । भारतको अयोध्यामा भगवान रामको मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरबाट उपहार पठाइएको छ ।

उपहारमा रामका लागि चाँदीको धनुष वाण, सीताको पादुका, वस्त्र, आभूषण, फर्निचर, भाँडावर्तन, फलफूल र विभिन्न प्रकारका परिकार समावेश छन् ।

ती उपहार बोकेको टोलीलाई जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाइ गरेका छन् ।

यो टोली आज वीरगञ्जमा बास बस्ने छ । शुक्रबार बिहान भारतको रक्सौल हुँदै अयोध्या प्रस्थान गर्नेछ । जनवरी ५ तारिखमा जनकपुरको टोली अयोध्या पुग्ने छ । अयोध्या पुगेको भोलिपल्ट जनकपुरको कोसेली अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने जानकी मन्दिरका उत्तराधिकारी (छोटे महन्थ) रामरोशन दास वैष्णवले जानकारी दिए ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको भगवान रामको मन्दिरमा प्राण प्रतिष्ठाको कार्यक्रम छ ।

प्राण प्रतिष्ठानका लागि नेपालका पवित्र जलासयबाट संकलन गरिएको जल पनि अयोध्या पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?