+
+

धम्की दिएर फिरौती मागेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १६:१७

१९ पुस, रौतहट । फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेका छन् ।

उनले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलई पक्राउ गरेको डिएसपी गिरीले बताइन ।

‘साहलाई आपराधिक लाभ(एक्सर्टसन) सम्बन्धी कसुर अन्र्तगत आवश्यक अनुसन्धान र कारवाही गर्दै पक्राउ गरेका छौं ।’ प्रवक्ता डिएसपी गिरीले भनिन “यस घटनामा अन्य पनि संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलाश गर्ने कार्य भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?