+
+

‘रंगेली’को पोस्टरमा ग्याङस्टरसँग प्रेममा परेकी मिरुना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १८:०६

काठमाडौं । महाशिवरात्रिमा प्रदर्शन हुन लागेको फिल्म ‘रंगेली’ले बिहीबार फिल्मका दुई प्रमुख पात्रलाई समेट्दै पोस्टर सार्वजनिक गरेको छ । जसमा दयाहाङ राई र मिरुना मगर आफ्ना क्यारेक्टर लुक्समा प्रस्तुत छन् ।

दयाहाङले यो फिल्ममा ग्याङस्टर पात्रको भूमिका निर्वाह गरेका छन् । मिरुना चाहिं उनकी ‘लभ इस्ट्रेस्ट’ पात्रको रोलमा । पोस्टरले ग्याङस्टर र उसकी प्रेमिकाको रसायनलाई दर्शाउने प्रयत्न गरेको छ । पात्रको मुड पनि यसले चित्रण गर्छ ।

यो फिल्ममा दयाहाङको पात्रको नाम विजय र मिरुनाको जुनकिरी राखिएको छ । फिल्ममा दयाहाङको चरित्र एन्टिहिरो छ । फागुन २५ गते प्रदर्शन हुने फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको पनि अभिनय छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ ।

फागुन २५ गते नै रेखा थापाको ‘उपहार : द जर्नी अफ लाइफ’ र नवल खड्काको ‘काँडेतार’ पनि प्रदर्शन हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?