+
+

दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड भोलि राष्ट्रिय नाचघरमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १२:५७

काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले शनिबार दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्दैछ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री सुशीला सिर्पालीको प्रमुख आतिथ्यमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम हुने कोषका संस्थापक अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए ।

‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संगीतका तीन दर्जन बढी विधामा अवार्ड प्रदान गरिनेछ,’ सिञ्जालीले भने, ‘साथै लाइफटाइम अचिभमेन्ट अवार्ड, पत्रकार, पर्यटन प्रवर्द्धकहरुलाई सम्मान पनि गर्नेछौं ।’

रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले २०७८ पुसमा पहिलो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गरेको थियो ।

अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको सिञ्जालीले बताए ।

आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विधामा अवार्ड प्रदान गरिने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?