+
+

२१५ मेगावाट क्षमताका १५ आयोजना पीपीएको रोलक्रमबाट हटे, ६ आयोजना थपिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १४:०४

२० पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)गर्ने रोलक्रमबाट १५ वटा आयोजनालाई हटाएको छ ।

प्राधिकरणले २६ माघ २०७९ मा आओआरतर्फ अधिकतम सीमा ६ हजार ७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमका आधारमा आयोजनाको पीपीए गर्ने क्रममा यसको प्रक्रिया अगाडि बढ्न नसकेका आयोजनालाई सम्पर्कमा ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार १६ असोजमा ३५ दिने सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । सो अवधिमा पीपीएका लागि निवेदन नदिएका र कागज संलग्न गर्न नसकेका २१५.२२९ मेगावाट क्षमताका १५ वटा आरओआर आयोजनालाई पीपीएको रोलक्रमबाट हटाइएको छ ।

प्राधिकरणको १२ पुसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसरी हटाइएका आयोजनामा अपर त्रिशूली २, चमेलिया, गच्र्याङखोला, लोअर तारा, मध्यसुनकोशी, ल्याङ्दी खोला, ताडी खोला, ढाड खोलालगायतका परियोजना छन् ।

२२८ मेगावाट क्षमताका ६ आयोजना रोलक्रममा थपिए

प्राधिकरणले २१५ मेगावाट क्षमताका आयोजनालाई रोलक्रमबाट हटाएकोमा २२८.८५८ मेगावाट क्षमताका ६ वटा आयोजनालाई भने रोलक्रममा समावेश गरेको छ ।

प्राधिकरणका अनुसार यसरी समेटिएका ६ आयोजनामा संखुवाखोला, हङगु खोला, अप्सुवा खोला १, माथिल्लो अप्सुवा खोला, सुपर सेती र घुन्सा खोला रहेका छन् ।

ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको रोलक्रमका आधारमा यी आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको प्राधिकरणले जनाएको छ । यी आयोजनाले अब आवश्यक कागजात पुरा गरी प्राधिकरणमा सम्पर्क गर्नु पर्ने भएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?