+
+

विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द, अर्को सूचना निकालिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १४:५३

२२ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्द भएको जनाएको छ ।

समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको हो ।

शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेश गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द भएको हो ।

अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?