+
+

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको सिट बाँडफाँट : समाजवादीले २ सिटमै चित्त बुझायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ११:४०

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।

बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने नेता बताए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘क्लस्टरहरु पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ । एक/दुई ठाउँका बारेमा आ-आफ्नो पार्टीमा बसेर टुंगो लगाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?