+
+

चितवनमा चरा गणना सुरु

रासस रासस
२०८० पुष २२ गते १२:३०

२२ पुस, चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ ।

पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए । उनले भने, ‘आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।’

गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?