+
+

‘ओपेनहाइमर’लाई ५ विधामा गोल्डेन ग्लोब्स अवार्ड (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:०५

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान वितरण गरिएको गोल्डेन ग्लोब्स अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका निर्माता जे रोबर्ट ओपेनहाइमरको बायोपिक फिल्मले सर्वश्रेष्ठ फिल्मसहित पाँच विधामा अवार्ड जित्यो ।

फ्र्यान्केन्स्टाइन कथाको एक नारीवादी कल्पनामा आधारित उत्तरआधुनिक फिल्म ‘पुअर थिंग्स’ले संगीत र कमेडी विधातर्फ उत्कृष्ट फिल्मको पुरस्कार जित्यो । एचबीओ सिरिज ‘सक्सेसन’ले सर्वश्रेष्ठ ड्रामा सिरिजसहित टेलिभिजनतर्फ चार अवार्ड जित्यो ।

‘द डार्क नाइट’ र ‘इनसेप्सन’जस्ता ब्लकबस्टर फिल्म बनाएका क्रिस्टोफर नोलनले भौतिकशास्त्रीबारेको फिल्म ‘ओपेनहाइमर’बाट सर्वश्रेष्ठ निर्देशकको अवार्ड जिते । पर्दामा जे रोबर्ट ओपेनहाइमरको भूमिका चित्रण गरेका किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । ‘ओपेनहाइमर’ले उत्कृष्ट पार्श्वध्वनि विधामा समेत अवार्ड जित्यो ।

‘ओपेनहाइमर’का निर्देशक क्रिस्टोफर नोलन

लिली ग्लाडस्टोनले ‘किलर्स अफ द फ्लावर मुन’मा तेलको सम्पत्तिको लागि लक्षित ओसेज महिलाको भूमिका निर्वाह गरेबापत ड्रामा विधातर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् । उनले यो मान्यतालाई मनोरञ्जन उद्योगले प्रायः बेवास्ता गरेको र सीमान्तकृत तुल्याइएको आदिवासी समुदायका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरिन् ।

‘किलर्स अफ द फ्लावर मुन’की अभिनेत्री लिली ग्लाडस्टोन

ग्लाडस्टोनले गोल्डेन ग्लोब्स जित्ने पहिलो आदिवासी महिलाको कीर्तिमान रचिन् । सीबीएस टिभीमा प्रसारित अवार्ड समारोह भने सन् २०२३ मा उत्कृष्ट कमाइ गरेको ‘बार्बी’ र गायिका टेलर स्वीफ्टका लागि त्यति सुखद् रहेन । सर्वाधिक १० विधामा मनोनित भएको ‘बार्बी’ले दुई विधामा मात्र अवार्ड जित्यो ।

सन् १९९६ बाट वितरण हुँदै आएको गोल्डेन ग्लोब्सलाई ओस्कारपछिको विश्वमै प्रतिष्ठित फिल्म र टेलिभिजन अवार्ड मानिन्छ । गोल्डेन ग्लोब्सको विजयी सूचीले आउँदो ओस्कार अवार्डलाई दबाब दिने अपेक्षा राखिएको छ ।

विजयी सूची

सर्वश्रेष्ठ मोसन पिक्चर ड्रामा – ओपेनहाइमर (युनिभर्सल पिक्चर्स)

सर्वश्रेष्ठ मोसन पिक्चर, म्युजिकल र कमेडी – पुअर थिंग्स (सर्चलाइट पिक्चर्स)

सर्वश्रेष्ठ निर्देशक – क्रिस्टोफर नोलन (ओपेनहाइमर)

सर्वश्रेष्ठ पटकथा, मोसन पिक्चर – एनाटोमी अफ अ फल

सर्वश्रेष्ठ अभिनेता, मोसन पिक्चर ड्रामा – किलियन मर्फी (ओपेनहाइमर)

सर्वश्रेष्ठ अभिनेत्री, मोसन पिक्चर ड्रामा – लिली ग्लाडस्टोन (किलर्स अफ द फ्लावर मुन)

सर्वश्रेष्ठ अभिनेत्री, मोसन पिक्चर म्युजिकल र कमेडी – एमा स्टोन (पुअर थिंग्स)

सर्वश्रेष्ठ अभिनेता, मोसन पिक्चर म्युजिकल र कमेडी – पल जियामट्टी (द होल्डओभर्स)

सर्वश्रेष्ठ सहायक अभिनेता, मोसन पिक्चर ड्रामा – रोबर्ट ड्वेन जुनियर (ओपेनहाइमर)

सर्वश्रेष्ठ सहायक अभिनेत्री, मोसन पिक्चर ड्रामा – डाभाइन जोय रान्डोल्फ (द होल्डओभर्स)

सर्वश्रेष्ठ टेलिभिजन सिरिज, ड्रामा – सक्सेसन (एचबीओ)

सर्वश्रेष्ठ टिभी सिरिज, म्युजिकल र कमेडी – द बियर (एफएक्स)

सर्वश्रेष्ठ ओरिजिनल स्कोर, मोसन पिक्चर ड्रामा – लुडविग गोरेन्सन (ओपेनहाइमर)

सर्वश्रेष्ठ फिल्म, गैरअंग्रेजी भाषा – एनाटोमी अफ अ फल (फ्रान्स)

सर्वश्रेष्ठ मौलिक गीत, मोसन पिक्चर – ह्वाट वाज आइ मेड फर (बार्बी)

सिनेम्याटिक एण्ड बक्स अफिस अचिभमेन्ट – बार्बी (वार्नर ब्रोज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?