+
+

महिनौं लामो विवादपछि ‘ओपेनहाइमर’ शुक्रबारदेखि जापानमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १३:३५

काठमाडौं । हजारौं मारिने गरि ८ दशकअघि खसालिएको दुई आणविक बम त्रासदीको घटनालाई जापानले अहिलेपनि बिर्सिएको छैन । आणविक बम विकासबारेको विश्वचर्चित फिल्म ‘ओपनेहाइमर’ अन्ततः शुक्रबारदेखि जापानमा रिलिज भएको छ ।

विश्वब्यापी रिलिजको ६ महिनापछि क्रिस्टोफर नोलन निर्देशित फिल्म जापानमा प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फिल्मको जापान रिलिजलाई लिएर महिनौं वहस चलेका थिए ।

यसअघि हिरोसिमा र नागासाकीमा सन् १९४५ मा बम खसालिएको वर्षगाँठ छेकोमा अन्य मुलुकमा भने रिलिज गरिएको थियो । एएफपीका अनुसार, टोकियोको सिन्जुकु जिल्लामा ओपेनहाइमरको पहिलो शो हेर्न मानिस झरीको पर्वाह नगरी टिकट लिन लाइनमा उभिएका थिए ।

टोकियोको शिन्जुकु वार्डको एक थिएटरमा शुक्रबार ‘ओपेनहाइमर’ को पोस्टर प्रदर्शन गरिएको छ ।

गत वर्ष जापानमा भाइरल बनेको ‘बार्बेनहाइमर’ मेम्सले अनलाइनमा आक्रोश फैलाएको थियो । आलोचकले भने फिल्मले बमबाट हुने क्षतिलाई नदेखाएको तर्क गरेका थिए । ‘परमाणु हतियार भयावहताको अझ धेरै वर्णन र चित्रण हुन सक्थ्यो’ बम आक्रमणबाट बाँचेका हिरोशिमाका पूर्वमेयर ९६ वर्षीय ताकाशी हिराओकाले भने ।

सो घटनामा बाँचेका ८० वर्षीय मासाओ टोमोनागाले फिल्ममा फरक दृष्टिकोण राखे । नागासाकीमा भएको प्रिभ्यु कार्यक्रममा फिल्म हेरेपछि उनले भने, ‘मैले पिरमाणु बमबाट बाँचेका व्यक्तिको व्यक्तिको दृश्य नभएको हो कि भन्ने सोचेको थिएँ । वास्तवमा दर्जनौं दृश्यमा ओपेनहाइमरका केही दृश्यले म स्तब्ध बनेँ । परमाणु बम विष्फोट मेरो लागि पर्याप्त थियो ।’

यो फिल्म अमेरिकी भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमर र वैज्ञानिकको टोलीको वरिपरि घुम्छ जब उनीहरूले शीर्ष गोप्य म्यानहटन परियोजनाको हिस्साको रुपमा पहिलो परमाणु बम विकास गर्न वर्षौं बिताएका थिए ।

क्रिस्टोफर नोलन निर्देशित यो फिल्मले यसवर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेतासहितका ७ विधामा जितेको थियो । विश्वब्यापी ९५० मिलियन डलरभन्दा बढी कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?