+
+

हलिउडको साग अवार्डमा पनि ‘ओपेनहाइमर’को वर्चस्व, ‘बार्बी’ उपाधिबाट वञ्चित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १३:१४

काठमाडौं । नेपाली समयानुसार आज बिहान हलिउडमा वितरण गरिएको स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो ।

यसपटकको संस्करणमा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे । ‘बार्बी’ अभिनेत्री मार्गट रोबी यसपटक पनि जितबाट वञ्चित रहिन् । टेलिभिजन सिरिजतर्फ ‘सक्सेसन’ले पाँच विधामा उपाधि उचाल्यो ।

गर्मीयामको बक्स अफिसमा ओपेनहाइमर र बार्बीले उछाल कमाइ थिए । तर बार्बीको अवार्ड जित भने निराशजनक रह्यो । ‘ओपेनहाइमर’ले अर्को महिना ओस्कार अवार्डमा सर्वाधिक विधामा जित्ने अपेक्षा गरिएको छ ।

सागको उत्कृष्ट फिल्मतर्फ ‘ओपेनहाइमर’, अभिनेतातर्फ ओपेनहाइमरबाट किलियन मर्फी, अभिनेत्रीतर्फ ‘किलर्स अफ द फ्लावर मुन’तर्फ लिली ग्लाडस्टोन, सहायक अभिनेतामा ओपेनइहाइमरबाट रोबर्ट डाउने जुनियर, सहायक अभिनेत्रीतर्फ द होल्डओभर्सबाट द भाइन जोय रान्डोल्फ र सर्वश्रेष्ठ ड्रामा सिरिजतर्फ ‘सक्सेसन’ उत्कृष्ट भए ।

गोल्डेन ग्लोब्स, क्रिटिक्स च्वाइस, बाफ्टा अवार्डपछि सागमा ‘ओपेनहाइमर’को यो श्रृंखलाबद्ध विजयले आगामी ओस्कारको सम्भावित विजयतर्फ संकेत गर्छ । क्रिस्टोफर नोलन निर्देशित यो फिल्मले आणविक बमका पिता समेत भनिने अमेरिकी भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?