+
+

उपेन्द्र सुब्बाले नख्खुबाट थाले ‘मनसरा’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:१३

काठमाडौं । २०८० सालको हिट फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि आगामी फिल्म ‘मनसरा’को छायांकन थालेका छन् । ललितपुरको नख्खुमा सुरु छायांकनको पहिलो दिन मिरुना मगर र प्रवीण खतिवडाको दृश्य खिचिएको छ ।

सुब्बाले दयाहाङ राई र मिरुनालाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउन लागेका हुन् । दयाहाङ भने रामबाबु गुरुङले निर्देशन गरिरहेको ‘डिग्री माइला’को सुटिङका लागि रुम्जाटारमा छन् ।

सोसल ड्रामा ‘मनसरा’लाई एक महिनासम्म ललितपुर र पाँचथरमा छायांकन गर्ने तालिका छ । दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गरिसकेका छन् ।

‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ । ‘कबड्डी’जस्ता चर्चित फिल्म छायांकन गरेका शैलैन्द्रध्वज कार्की यस फिल्मका निर्माता हुन् । कार्कीले निर्माण गरेको यो पहिलो फिल्म हो ।

कबड्डी फिल्म्स्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी–२१ प्रोडक्सन छ । थिएटर पार्टनरको रुपमा क्यूएफएक्स सिनेमाज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?