+
+

दोस्रो युद्धविराममा विपिन जोशीको रिहाइको ठोस पहल गर्ने कतारको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १६:०५

२४ पुस, कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् ।

‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । दोस्रो युद्धविराममा विपिनको रिहाइका लागि ठोस पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ ।’

यसअघि मंसिर पहिलो सातादेखि चार दिनसम्म चलेको युद्धविरामका क्रममा विपिनको रिहाइको अपेक्षा गरिएको थियो ।

हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिन रिहाइ भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?