+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपाले केन्द्रीय सदस्य र सांसदको लेवी घटायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १८:४४

२४ पुस, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय सदस्य र सांसदले वार्षिक लेवी घटाएको छ ।

रास्वपाको आज मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार अब सांसदको लेवी पनि मासिक २५ हजार रुपैयाँबाट १५ हजार रुपैयाँमा झारिएको छ । सा‌ंसदहरुको नयाँ लेवी आगामी आर्थिक वर्षबाट र केन्द्रीय सदस्यको लेवी तत्कालै लागु हुने उनले बताए ।

यसअघि पार्टीको सदस्यता शुल्क न्युनतम १ हजार तोकिएको भए पनि आर्थिक समस्याकै कारण कसैले १ हजार तिर्न नसकेमा त्यो भन्दा कम रकम तिरेर पनि सदस्यता दिने निर्णय पनि बैठकले गरेको छ । इच्छा हुनेले सदस्यता शुल्क हजार भन्दा बढी पनि दिन सक्ने छन् ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराललाई सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ ।

बैठकले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?