+
+
Shares

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेश बस्याललाई खटाउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह केहीबेरमा प्रधानमन्त्री नियुक्त हुँदैछन्।
  • प्रहरी प्रधान कार्यालयले बालेन्द्रको पर्सनल सेक्युरेटी अफिसरको रुपमा डीएसपी दीपेश बस्याललाई खटाउने निर्णय गरेको छ।
  • डीएसपी बस्याल नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रत्यक्ष संलग्न थिए र इमान्दर प्रहरी अधिकृतको रुपमा चिनिन्छन्।

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) अबको केहीबेरमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

उनी प्रधानमन्त्री हुने भएसँगै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेश बस्याललाई खटाउने निर्णय गरेको छ ।

डीएसपी बस्याल तिनै अधिकृत हुन् जो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका थिए । उनी जिल्ला प्रहरी परिसरको मुद्दा शाखामा इन्स्पेक्टर रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसएसपी (हाल सीआईबी)का एआईजी डा मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाएका थिए ।

त्यतिबेला परिसरको प्रमुखको रुपमा हालका आईजीपी दानबहादुर कार्की थिए । अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेपछि मुद्दा प्रक्रियाका लागि आवश्यक पर्ने बाँकी काम परिसरबाट भएको थियो ।

यही नक्कली भुटानी काण्डको अनुसन्धान र मुद्दा प्रक्रियामा डीएसपी बस्याल प्रत्यक्ष जोडिएर काम गरेका थिए । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकिएपछि उनी डीएसपीमा बढुवा भएका थिए ।

प्रहरीभित्र बस्याललाई इमान्दर प्रहरी अधिकृतको रुपमा चिनिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?