+
+

फिल्म ‘ईश्वर’को शीर्ष भूमिकामा सुनिल थापा र पृथ्वीराज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:११

काठमाडौं । राजु गिरीले फिल्म ‘ईश्वर’को निर्देशन गर्ने भएका छन् । कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता सुनिल थापा र पृथ्वीराज प्रसाईं अनुबन्धित भएका छन् ।

माघ २८ गतेदेखि फिल्म छायांकन हुने निर्देशक गिरीले जानकारी दिए । फिल्ममा यसअघि नै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारी अनुबन्धित भइसकेका छन् ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?