+
+

ओलीको मति सप्रिएको छैन, कम्युनिष्ट मिलौं भनेर हुदैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:०८

२५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको बानी व्यवहार अझै नसुध्रिएको बताएका छन् ।

बुधबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीमा अझैपनि अहं रहेको बताएका हुन् ।

राष्ट्रियसभा सदस्यको भागबण्डाबारे भएको छलफलको प्रशंग निकाल्दै अध्यक्ष नेपालले ओली नसुध्रिएसम्म सबै कम्युनिष्ट मिलौं भन्ने भावनाले मात्रै नहुने बताए ।

‘प्रचण्डकहाँ गएर के भने भने हामीलाई (एमालेलाई) ६ सिट दिनुहोस्, कांग्रेसलाई ९ सिट दिनुहोस्, तपाईँ (माओवादी केन्द्र) ५ सिट लिनुहोस् । एकीकृत समाजवादीलाई जिरो सिट दिनुहोस्’ अध्यक्ष नेपालले भने, ‘..अझैपनि उन (ओली) को मति सप्रिएको छैन । त्यसो हुनाले सबै कम्युनिष्ट मिलौं भन्ने चाहना राखेर मात्रै हुँदैन ।’

२०७४ सालमा जनताले दुई तिहाइ दिएपनि ओलीले त्यसको सम्मान गर्न नसकेकैले पार्टीबाट विद्रोह गर्नुपरेको उनले बताए । ‘हामी गलत प्रवृत्ति बोकेकाहरुसँग जुध्छौं । विचार गलत छ भने दृष्टिकोण बेठीक छ भने व्यवहार गलत छ भने जुधिन्छ’ अध्यक्ष नेपालले भने, ‘आफ्नो पार्टीलाई अगाडि बढाउने भूमिका खेलिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?