+
+

सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार जिताउने सबै जिल्लामा समन्वय समिति बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:४०

२५ पुस, काठमाडौं । राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने भएको छ ।

गठबन्धनबाट गठित केन्द्रीय समन्वय समितिको आज बुधबार बसेको बैठकले सबै प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

११ माघमा हुने राष्ट्रिय निर्वाचनका लागि गठबन्धनले तालमेल गरेको छ । कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक जना उम्मेदवार उठाउने भएको छ ।

गठबन्धनका उम्मेदवार जिताउनका लागि केन्द्रीय तहमा कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको छ ।

समिति सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?