+
+

पर्यटन ऐन संशोधन गर्न मन्त्रालयले लियो प्रदेश सरकारबाट सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १९:४६

२५ पुस, काठमाडौं । पर्यटन ऐन २०३५ मा संशोधनका लागि काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश सरकारसँग राय लिएको छ ।

मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।

छलफलमा संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय मिलाउनेबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

ऐनमार्फत विश्व सम्पदा सूचीमा रहेका सम्पदाबाहेक सबै विकास कोष र समितिलाई प्रदेशमा पठाउनेबारे समेत छलफल भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले व्यवस्था परिवर्तन भएपनि ऐन र कानुन पुरानो भएका कारण अपेक्षित नतिजा निकाल्न असहज भएको बताए ।

मन्त्री किरातीले भने, ‘लोकतान्त्रिक संघिय गणतन्त्रलाई संस्थागत गर्न जरा भुइँ तहसम्म हाल्न अन्तर्राष्ट्रिय कुटनीतिक महत्व राख्ने बाहेकका अधिकांश अधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छ ।’

ऐन संशोधनका लागि अब निजी क्षेत्र र सरोकारवालासँग छलफलको तयारी गरिएको छ । यसअघि खुल्ला रुपमा लिखित सुझाव समेत मागिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?