+
+

मंसिरमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा तल झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:३८

२६ पुस, काठमाडौं । मंसिर महिनामा उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार मंसिरमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशतमा खुम्चिएको हो ।

गत वर्षको यहीं अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा मासु उपसमूहको वस्तुहरुको मूल्यमा कमी आएको, पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्य घटेका कारण समग्र मूल्य वृद्धिदरमा कमी देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा औंल्याइएको छ ।

क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.४२, तराईको ४.२६, पहाडको ५.४२ र हिमालको ७.४६ प्रतिशत देखिएको छ । २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ  । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?