+
+

प्रधानमन्त्री कप क्रिकेट : यस्तो छ आर्मीको टिम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते २१:०८

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानी टोली घोषणा गरेको छ ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित केही खेलाडीले टोली छाडेपछि आर्मीको टिम फेरिएको छ ।

रोहित अर्को विभागीय टोली एपीएफ गएका छन् भने विकेटकिपर अर्जुन साउद नेपाल पुलिस क्लबमा पुगेका छन् ।

सुशन भारी र विक्रम सोब पनि आर्मीको टिममा छैनन् । त्यसैले यस पटक आर्मीममा केही नयाँ खेलाडीहरु छन् । राष्ट्रिय टिमका विनोद सहित, कुशल मल्ल, भीम शार्की, सोमपाल कामी र विवेक कुमार यादव मात्र आर्मीको टोलीमा छन् ।

यस्तो छ आर्मीको टोली :

विनोद भण्डारी (कप्तान/विकेटकिपर), भिम शार्की, सन्तोष कार्की(विकेटकिपर), कुशल मल्ल, सन्दीप रजाली, शहाब आलम, बसिर अहमद, इमरान शेख, सोमपाल कामी, जितेन्द्र मुखिया, पवन कार्की, अभिनाश कर्ण, नितेश पटेल, विवेक यादव

प्रशिक्षक : चन्द्र साउद

व्यवस्थापक : अनिलकुमार मण्डल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?