+
+

रासिदको शतकसँगै पुलिसको सुखद सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १६:५७
शतक हानेका खेलाडी रासिद खान । तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान) ।

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । उसको सुरुवात भने राम्रो थिएन । ७२ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर आरिफ शेख र रासिद खानले छैटौं विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे ।

शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे । कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र करण केसीसँग २५ रनको साझेदारी गरेका उनी १०६ रनमा अविजित रहे । ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का हानेका थिए ।

बागमतीका रिजन दाहाल र सूर्य तामाङले समान ३–३ विकेट लिएका थिए ।

२८३ रनको लक्ष्य पछ्याएको बागमतीले ४३.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने राम्रो थियो । आशुतोष घिराइया र इशान पाण्डेले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । इशान ४४ रनमा आउट भए ।

त्यसपछि आशुतोष क्रिजमा टिकिरहे, तर उनलाई अरु ब्याट्सम्यानले साथ दिन नसक्दा निरन्तर विकेट गयो । सातौं विकेटका रुपमा आउट भएका आशुतोषले ९२ रन बनाए, जतिबेला टिमको स्कोर १७५ थियो । थप ३९ रन जोड्दा अलआउट भयो ।

सोनु देवकोटाले १९ रन बनाए भने विपिन आचार्यले १७ र गौतम केसीले १३ रन जोडे ।

पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?