+
+

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १०:२१

२९ पुस, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण नियमनकारी निकाय बीमा प्राधिकरणमा पठाउने र प्राधिकरणबाट स्वीकृति भएपश्चात साधारणसभामा लैजाने निर्णय कम्पनीले गरेको छ ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष २०७८/७९ मा ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?